प्राकृतिक विपद्का लागि कैलाश गाउँपालिका तयारी अवस्थामा छः अध्यक्ष मुक्तान

कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का लागि गाउँपालिका तयारी अवस्थामा रहेको बताएका छन् ।

मंगलबार स्थानीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी अन्तरक्रियाका साथै विपद् कन्टिजेन्सी योजना निर्माण कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले मानिसमा लाग्ने विभिन्न रोग प्रकोपका विपद् सँगै पशुपन्छीमा लाग्ने रोगव्यादी र विपद्मा हामीले ध्यान दिएको बताए ।

विपद्का लागि आगामी नीति कार्यक्रमका विभिन्न कार्यक्रम समेट्ने गरी स्थानीय द्रुत प्रतिकार्य समिति मार्फत आवश्यक समन्वय र सहकार्य गरेर कार्य गरिने बताए । ‘मौसम परिवर्तनको समय छ, मौसमी रोगहरुको प्रकोप फैलिन सक्छ, सबै स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहनुस्’, अध्यक्ष मुक्तानले भने । उनले गाउँपालिकामा प्रर्याप्त औषधि रहेकोनरहेको यकिन गरी माथिल्लो निकायसँग समन्वय गर्न स्वास्थ्यकर्मीहरुसँग आग्रह गरेका छन् ।

रोगव्यादी मात्रै नभई बाढी पहिरोको जोखिम रहने यस क्षेत्रमा उक्त विपद्को लागि पनि गाउँपालिका तयारी रहनुपर्ने उपाध्यक्ष बालकुमार मल्लले बताए । ‘हामी पूर्व तयारीका साथ छौं, अपुग आवश्यक सामाग्रीहरु खरिद गरेर तयारीमा रहन्छौं’, उपाध्यक्ष मल्लले भने । ‘स्थानीय द्रुत प्रतिकार्य समिति र टोली तयारी अवस्थामा रहनुपर्छ ।’

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रतिनिधि डा. सविता पौडेलले स्थानीय द्रुत प्रतिकार्य समिति र टोलीले गर्नुपर्ने निर्देशिका, विश्वमा घटेका विपद् तथा महामारीहरु, नेपालमा देखिएका ५२ वटा संक्रमण रोगहरु, सार्वजनिक महामारीका संकेतहरु, कैलाशमा जंगली च्याउको प्रयोग र त्यसबाट हुने असर, रोग निगरानी तथा महामारी व्यवस्थापनको तयारीका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।

यसैगरी जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले आरआरटी र आरआरसीको बारे जानकारी गराएका थिए । उनले तीन तहको सरकारमा स्थानीय द्रुत प्रतिकार्य समिति र टोली बनेको अवस्थामा महामारीको प्रकृति अनुसार समिति र टोलीको निर्माण हुने बताए । उनले समिति र टोलीको काम कर्तव्य र अधिकारबारे प्रष्ट पारेका थिए ।

कार्यक्रममा गाउँपालिकाको वडाका स्वास्थ्य चौकीका कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.