भीमफेदीको बजेट ८५ करोड ४५ लाख

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भीमफेदी गाउँपालिकाले कृषि उपज प्रशोधन केन्द्र स्थापनालाई प्राथमिकतामा राखेको छ ।

भासमक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष हिदम लामाले कृषि उपज प्रशोधन केन्द्र स्थापनाले समग्र भीमफेदी गाउँपालिकालाई विकसित बनाउनतर्फ महत्वपूर्ण योगदान पुर्‍याउने जानकारी गराए ।

मंगलबार गाउँसभामा बजेट बक्तव्य प्रस्तुत गर्दै उपाध्यक्ष सञ्जीव श्रेष्ठले चालु आर्थिक वर्षको लागि ८५ करोड ४५ लाख ८७ हजार ९ सय ९८ रुपैयाँ २० पैसाको बजेट सार्वजनिक गरेका छन् ।

भीमफेदीका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने, ऐतिहासिक भीमफेदी सहरलाई पुर्नजागृत गरी सास्कृतिक सहरको रुपमा विकास गर्ने, नीजि क्षेत्रलाई केबलकार निर्माण गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न अवाश्यक सहजीकरण गर्ने योजना पालिकाको छ ।

प्रस्तुत नीति तथा कार्यक्रम अनुसार, आगामी आर्थिक वर्षमा गाउँपालिकाले पालिका क्षेत्रभित्र उत्पादन हुने हरियो तरकारीहरु रायोको साग, मुला, बन्दा, काउलीको उचित बजार मुल्य पाउने गरी प्रदेश सरकारको सहयोगमा कृषि उपज प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ । पालिकाभित्र दर्ता हुने व्यवासयिक प्रतिष्ठानहरुलाई निशुल्क दर्ता गर्ने व्यवस्था गरिएको छ भने लगानीमैत्री वातावरण बनाउन नीतिगत र कानूनी व्यवस्था गर्ने लक्ष्य पालिकाको छ ।

भीमफेदीको नीति तथा कार्यक्रम

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.