बकैयाको बजेट ९१ करोड ७२ लाख, चालु आर्थिक वर्षभन्दा १ करोड ८७ लाख कम
'कृषिलाई प्राथमिकतामा राखेर आगामी बजेट निर्माण'

मकवानपुरको बकैया गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा १ करोड ८७ लाख ४९ हजार घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको हो ।

पूर्वी मकवानपुरको बकैयाले चालु आर्थिक वर्षका लागि ९३ करोड ५९ लाख ९९ हजार रुपैयाँ बजेट ल्याएको थियो ।

सोमवार उपाध्यक्ष भक्त बहादुर खत्रीले गाउँसभामा आगामी आर्थिक वर्षको लागि चालुतर्फ ६३ करोड ६५ लाख ५९ हजार र पूँजीगततर्फ २८ करोड ६ लाख ९१ हजार बजेट छुट्याइएको जानकारी गराए ।

त्यसैगरी गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर आगामी बजेट निर्माण गरेको अध्यक्ष धर्मराज लामिछानेको भनाइ रहेको छ ।

बकैयामा कृषि औद्योगिक ग्राम सञ्चालनतर्फ २ करोड तथा कृषि ग्रामको भौतिक संरचना निर्माणतर्फ २ करोड ५० लाख र कोल्ड स्टोर निर्माण गर्न अनुदानसहित एक करोड ३० लाख बजेट बिनियोजन गरिएको अध्यक्ष लामिछाने बताए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.