हेटौंडा-१६ मा भूमि आयोगको अभिमुखीकरण तथा अन्तरक्रिया

भूमि समस्या समाधान आयोग मकवानपुरले हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्नो अभियानलाई निरन्तरता दिइने क्रममा आयोगले बुधवार १६ नम्बर वडामा एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

यसअघि आयोगले १० वटै स्थानिय तहमा र त्याहाँको वडाहरुमा जिम्मेवारी दायित्व सँगसँगै पहिचान र प्रमाणिकरण कसरी गर्ने र वडातह र पालिका तहको काम तथा कर्तब्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिसकेको छ ।

आयोग अध्यक्ष बलराम बलले वडाका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखेर पहिचान र प्रमाणिकरण भैसकेको फाइलहरु आयोगको कार्यालयमा पठाएको ६० दिनसम्ममा लालपूर्जा वितरण गर्ने वातावरण तयार गर्ने प्रतिबद्धता गरे ।

वडा अध्यक्ष कोइरालाले वडा कार्मायालयमा प्राप्त भूमिहिन दलित र भुमिहिन सुकुम्बासीको पहिचान भएको ५० फाइल र अव्यवस्थित बसोबासीको पहिचान भएको ५ सय ३० फाइल गरी कुल ५ सय ८० फाइलहरु प्रमाणीकरण गरी ५ सय ३० फाइल कम्प्युटरमा प्रविष्ठ भैसकेको र बाँकी रहेका फाइलहरु कम्प्युटरमा प्रविष्ठ गर्ने कार्य भैइरहेको बताए ।

आयोग मकवानपुरका सदस्य कविन सांगामीका अनुसार १६ नम्बर वडाबाट प्रमाणिकरण गरिएका फाइलहरुमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित गरी ५ सय ३० सय परिवारको पहिचान भइसकेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.