म्यानेजमेन्टले आगामी शैक्षिकसत्रबाट शिक्षाशास्त्र संकायमा नि:शुल्क पठनपाठन गराउने

हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सले आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय अन्तर्गतका पठनपाठन नि:शुल्क सञ्चालन गर्ने भएको छ।

शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नि:शुल्क पठनपाठनको व्यवस्था गर्न लागिएको म्यानेजमेन्टले जनाएको छ ।

शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरिएको हो ।

पछिल्लो समय दक्ष शिक्षक अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा नि:शुल्क पठनपाठनको व्यवस्था गर्ने निर्णय गरिएको हो ।

विद्यालयका अनुसार, नेपाली, अंग्रेजी र गणित विषयमा कक्षा सञ्चालन गरिनेछ। साथै, अध्ययनसँगै व्यवहारिक शिक्षण अभ्यासको अवसर समेत प्रदान गरिनेछ। यस्तो अभ्यासले विद्यार्थीमा शिक्षण क्षेत्रमा आत्मविश्वास र व्यवहारिक दक्षता विकास हुने विद्यालयको विश्वास छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.