पुष्पलालको ४७ औँ स्मृति दिवसमा जनसांगीतिक साँझ कार्यक्रम हुने

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा हेटौंडामा स्वर समर्पण-जनसांगीतिक साँझ कार्यक्रम हुने भएको छ ।

नेकपा एमाले मकवानपुर, जनसंगठन समन्वय संयन्त्रको आयोजना एवम् राष्ट्रिय जनसांस्कृतिक महासङ्घ मकवानपुरको व्यवस्थापनमा श्रवण ७ गते स्वर समर्पण-जनसांगीतिक साँझ कार्यक्रम हुन लागिएको हो ।

हेटौंडा उपमहानगरपालिका-४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो ४ बजेबाट सुरु हुने कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघले १४ वटा जनवादी गितहरुको प्रस्तुति दिने तयारी गरेको छ । यस्तै अनेरास्ववियु लगाएत अन्य जनसंगठनहरुको समेत विशेष प्रस्तुती रहने जनसंगठन समन्वय संयन्त्र प्रमुख सन्तोष पौडेलले बताए ।

कार्यक्रममा पार्टी स्वयंसेवक विभागले स्वयमसेवक व्यवस्थापन र परिचालनको जिम्मेवारी सम्हालेको छ ।

जनसंगठन समन्वय संयन्त्र प्रमुख पौडेलले कार्यक्रमको तयारी पूरा भैइसकेको बताउँदै जनसंगठन समन्यव संयन्त्र नेकपा एमालेको भातृ संगठनहरुको समन्वय र परिचालन गर्ने बैधानिक संरचना रहेको जानकारी गराए ।

संयन्त्रले जनसंगठनहरुको प्रभावकारी परिचालन, बैचारिक राजनितिक प्रशिक्षण, जनता संग जनसंगठन अभियान संचालन लगाएत आधारभुत तहसम्म जनसंगठन बिस्तार र सुदृढीकरणको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताए ।

यस्तै यसबर्ष पुष्पलाल स्मृती दिवसको सन्दर्भमा आयोजित जनसांगितीक साँझ कार्यक्रमले नयाँ पुस्तालाई जनवादी गित संगित मार्फत नेपालको कम्युनिस्ट आन्दोलन, समाज र जिवनको बारेमा बुझाउने अपेक्षा आयोजकको रहेको बताए ।

१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।  राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए । छोरा राजनीतिमा लागेकै कारण  पिता भक्तलालको सुब्बाकाे जागिर खोसिएको थियो । २०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन विताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् ।  सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार समेत स्थापना गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.