नेपाल प्रेस युनियन मकवानपुरले सञ्चारकर्मी प्रबेश धिताल ‘कुन्दन’लाई कार्यवाहक सचिवको जिम्मेवारी प्रदान गरेको छ ।
सोमबार बसेको युनियन मकवानपुरको कार्यसमिति बैठकले सह–सचिव धिताललाई कार्यवाहक सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सचिव बलराम पुडासैनी हाल देश बाहिर रहेकोले संगठनको कार्यहरुलाई निरन्तर रुपमा गतिशिल र चलायमान रुपले सञ्चालन गर्न धिताललाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको युनियन मकवानपुरले जनाएको छ ।
त्यसैगरी बैठकले हेटौंडा सन्देश डटकमका कार्यकारी सम्पादकसमेत रहेका सोमलाल घालन ‘भुवन’लाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।
प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीको अध्यक्षतामा बसेको बैठकमा संस्थापक अध्यक्ष राममणि दाहाल, बागमती प्रदेश उपाध्यक्ष सुजन बिडारी र प्रदेश सदस्य गंगाप्रसाद पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
प्रतिकृया दिनुहोस्






