युवापुस्ताको ई-स्पोर्ट्सप्रति बढ्दो आकर्षकलाई हेटौंडा सिटी कलेजको प्रोत्साहन
हेटौंडामा बुधबारबाट 'ई-स्पोर्ट्स एरिना' प्रतियोगिता हुँदै

हेटौंडा सिटी कलेज तथा जेनिथ सेकेण्डरी स्कूलले ‘ई-स्पोर्ट्स एरिना’ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै विद्यालयले बुधबारबाट दोस्रो संस्करणको ‘ई-स्पोर्ट्स एरिना’ प्रतियोगिता हुने जानकारी गराए ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले प्रतियोगितामा सहभागी हुन इच्छुक कम्तीमा १६ वर्ष उमेर पुगेको र एसईई परीक्षा दिइसकेको हुनुपर्ने बताए ।

प्रतियोगितामा फ्री फायर, पब्जी र ई–फुटबल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। फ्री फायरमा ३६ स्लट, पब्जीमा १२ स्लट र ई–फुटबलमा ४० स्लाँट रहनेछ।

पब्जी र फ्री फायरमा हरेक टोलीमा एक जना ब्याकअपसहित ५ जना खेलाडी रहनेछ भने प्रतियोगितामा जम्मा ४८ टोलीका करिब २८० जना खेलाडीहरूको सहभागिता रहने उनले जानकारी दिए ।

विद्यालयका प्रशासन प्रमुख सुमन्त सिलवालका अनुसार मकवानपुर जिल्लामा कलेज तहबाट पहिलो पटक पुरस्कार राशिसहितको ई-स्पोर्ट्स प्रतियोगिता आयोजना गर्न लागिएको हो।

कुल ५० हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता नेपालमै कलेजस्तरबाट आयोजना हुने सबैभन्दा ठूलो ई-स्पोर्ट्स इभेन्ट भएको दाबी गरिएको छ। ई-स्पोर्ट्सप्रति बढ्दो युवापुस्ताको आकर्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

फ्री फायर खेलमा प्रथम हुने टोलीलाई नगद ११ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५ हजार ५ सय रुपैयाँ र तेस्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट खेलाडी र फ्यान फेभरेट टिमलाई २/२ हजार रुपैयाँ प्रदान गरिने छ । पब्जी खेलमा प्रथम हुने टोलीले ८ हजार ५ सय रुपैयाँ, दोस्रोले ४ हजार रुपैयाँ, तेस्रोले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय रुपैयाँ पुरस्कार दिइनेछ।

ई-फुटबल विधामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ४ हजार, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ भने टप गोलकर्तालाई १ हजार रुपैयाँको पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल साउन ८ गते हुनेछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.