स्वर समर्पण: कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदानको चर्चा र जनवादी संगीतको प्रस्तुती

नेकपा एमाले, मकवानपुर जनसंगठन समन्वय संयन्तको आयोजना एवम् राष्ट्रिय जनसाँस्कृतिक महासंघ, मकवानपुरको ब्यवस्थापनमा पुस्पलाल स्मृती सांस्कृतिक साँझ ‘स्वर समर्पण’ सम्पन्न भएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औं स्मृती दिवसको सन्दर्भमा कार्यक्रम भएको हो ।

कार्यक्रममा पुष्पलालले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्याउनुभएको योगदानको चर्चा संगै जनवादी गित संगित प्रस्तुत गरिएको थियो । कमरेड पुस्पलालको सम्झनामा आयोजित कार्यक्रममा जनसाँस्कृतिक महासंघका कलाकारहरुले १४ वटा जनवादी गित प्रस्तुत गर्नुभएको अध्यक्ष राजुराम राउतले जानकारी दिए । कार्यक्रममा अनेरास्ववियु वन बिज्ञान अध्ययन संस्थान, क्याम्पस कमिटिले विभिन्न जातजातिको भेषभुषामा आकर्षक झाँकी प्रस्तुत गरेको थिए ।

कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य रामेश्वर रानाले जनतालाई परिवर्तनको रक्षा र समृद्धिको यात्रामा गोलबद्द गर्न पुन:जनवादी गित संगितलाई घर आँगनमा पुर्‍याउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै पार्टी केन्द्रिय सल्लाहकार सदस्य डोरमणी पौडेलले स्वर समर्पण जस्ता कार्यक्रमले कम्युनिस्ट आन्दोलनलाई जनताबिच स्थापित गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रमा एमाले केन्द्रिय सदस्य जुनेली श्रेष्ठ, प्रदेश कमिटिका सदस्यहरु, पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सचिव सीता बिस्ट सहित ७ सय जना नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । १४ बर्षपछी एमाले, मकवानपुरमा आयोजित लाईभ साँगितिक कार्यक्रम उत्साहप्रद भएको संयन्त्र प्रमुख एवम् सभाध्यक्ष सन्तोष पौडेलले बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष राजुराम राउत, संयन्त्र प्रमुख सन्तोष पौडेल, स्वयंसेवक बिभाग प्रमुख शिवहरी दाहाल, आकाश अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको समग्र स्वयंसेवकिय जिम्मेवारी पार्टी जिल्ला स्वयंसेवक बिभागले लिएको थियो । कार्यक्रमले एमालेमा नयाँ उत्साह र उर्जा प्रदान गरेको स्वयंसेवक परिचालन उपसमितिका संयोजक सुरेश बेरोजगारले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.