मनहरीकी मिठुमायाको घर निर्माणका लागि मुख्यमन्त्री बानियाँको सहयोग
मनहरी गाउँपालिकामार्फत २ लाख रुपैयाँकाे चेक हस्तान्तरण

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा मनहरी गाउँपालिका ९ नम्बर वडाकी एक विपन्न दलित एकल महिलाको घर निर्माण गरिदिने भएका छन् ।

मनहरी–९ की मिठुमाया सुनारको घर निर्माणका लागि मुख्यमन्त्री बानियाँले सोमबार मनहरी गाउँपालिकामार्फत २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

मिठु‌माया सुनारको श्रीमान्‌को ५ वर्षअघि नै मृत्यु भएको र निजको एक छोरा संगम सुनारसमेत अपाङ्ग रहेको र थोत्रिएको घर बनाउन नसक्दा समस्यामा रहेको भनी स्थानीय समाजसेवीहरुको सिफारिसमा मनहरी गाउँपालिकाले घर निर्माणका लागि सिफारिस गरेको थियो । मुख्यमन्त्रीको सेवा सुविधाबाट प्राप्त हुने रकमबाट आफ्नो क्षेत्रका विपन्नको घर बनाइदिने यसअघि नै घोषणा गरेका बानियाँले आफूले पाउने सेवा सुविधाबाट खर्च हुने गरी एकल महिलाको घर निर्माण गर्न रकम सहयोग गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मनहरीका समाजसेवी प्रकाश बर्तौला, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेश मानन्धरलगायतको रोहोबरमा वडा कार्यालय र मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले महिलाको घर निर्माण गरिदिन गाउँपालिकामार्फत मुख्यमन्त्री बानियाँलाई अनुरोध गरेका थिए ।

सोमबार मुख्यमन्त्री बानियाँले गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मनहरी–९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, ६ नम्बर वडाध्यक्ष यादव थपलियालगायतको उपस्थितिमा २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

सो रकमबाट मिठुमायाको २ वटा कोठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम निर्माण गरिने योजना बनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.