प्रेस चौतारी मकवानपुरको ज्येष्ठ आमाबुबासँग भेटघाट र अन्तरक्रिया
प्रेस चौतारी नेपाल मकवानपुर शाखाले ज्येष्ठ आमाबुबासँग भेटघाट गरेको छ ।
सोमबार हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडास्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थलमा पुगेर ज्येष्ठ आमाबुबासँग प्रेस चौतारी मकवानपुरले भेटघाट गरेको हो ।
चौतारीले आश्रममा रहेका आमाहरुलाई धोती र सबै ज्येष्ठ नागरिकलाई फलफूल वितरण गदै अन्तरक्रिया समेत गरेको छ ।
‘यो त भेट्ने सानो बहाना मात्रै हो, तर ज्येष्ठ नागरिक आमाबुबा हामी सबैको साझा सम्पत्ति र जिम्मेवारी हुनुहुन्छ भन्ने बोधलाई अझ गहिरो बनाउने अवसर बन्यो,’ प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहालले भनिन् ।
त्यसैगरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज पुष्पराज अधिकारीले पत्रकारिता मात्र नभइ समाजसँगको सम्बन्ध र उत्तरदायित्वलाई समेत प्रेस चौतारीले समान रुपमा महत्व दिँदैआएको बताएका छन् । ‘हामी सबैलाई थाहा छ, ज्येष्ठ नागरिक र आश्रममा रहनुभएका आमाबुबा हाम्रो अमूल्य सम्पत्ति हुन् । उँहाहरुको अनुभव, ज्ञान र आशीर्वाद हाम्रो समाजको आधारस्तम्भ हो । तर, उँहाहरुमा उमेरसँगै आउने चुनौती र आवश्यकताहरूलाई सम्बोधन गर्नु हाम्रो दायित्व हो।,’ उनले भने ।
कार्यक्रममा आश्रमका संरक्षकसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य केदारप्रसाद न्यौपाने, आश्रमकका अध्यक्ष टीआर निरौला, नेकपा एमाले हेटौंडा उपमहानगरका अध्यक्ष बोलबहादुर कार्की, प्रेस चौतारी नेपालका बागमती प्रदेश महासचिव प्रकाश दाहाल, प्रदेश कमिटी सदस्य तथा मकवानपुर इञ्चार्ज विवश अधिकारीलगायत चौतारी मकवानपुरका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।







