पाँचौ महाधिवेशन तयारीका लागि जुट्यो तरुण दल मकवानपुर

नेपाल तरुण दलको मंसिरमा हुने पाँचौँ महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न मकवानपुर तरुणले विभिन्न निर्णय गरेको छ ।

तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङका अनुसार दलको पाँचौ महाधिवेशन २०८२ मंसिर २६, २७ र २८ गते गरिने भएको हो ।

बुधबार नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आगामी भदौ २१ गते शनिबार नेपाली कांग्रेस र तरुण दलको संयुक्त बैठक आयोजना गर्ने र त्यसकै क्रममा साधारण सदस्य नविकरण तथा नयाँ र पूर्णकालिन सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले साधारण सदस्य नविकरण तथा नयाँ र पूर्णकालिन सदस्यको शुल्क ५ सय रुपैयाँ तोकेको अध्यक्ष पाठकले जानकारी गराए ।

यसैगरी, तरुण दल मकवानपुरले नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.