निजामती कर्मचारी युनियन मकवानपुरको अध्यक्षमा दाहाल निर्विरोध

हेटौंडा । नेपाल निजामती कर्मचारी युनियन मकवानपुरको अध्यक्षमा रामचन्द्र दाहाल निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न युनियनको नवौं जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

युनियनको खुला उपाध्यक्षमा हरि प्रसाद अधिकारी, महिला उपाध्यक्षमा मन्जु गौतम, समावेशी उपाध्यक्षमा सुरेश साह, सचिवमा श्री लक्ष्मण अधिकारी, युवा सचिवमा सुरेश वाईवा र कोषाध्यक्षमा दिपक गजुरेल चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा सुनिल सुवेदी, कृष्ण प्रसाद खनाल, टेकराज अवस्थि, ज्ञान बहादुर थीङ, सुनिल ढकाल, रविन्द्र घिमिरे खत्री, कुनाल गुप्ता, आकाश घर्ती क्षेत्री, उषा गरंजा, सुष्मा तिवारी, पाल्साङ लामा र विनोद रोकालाई चयन गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष दाहालले कर्मचारीहरुको हकहित संरक्षण, पेशागत अधिकारको प्रवर्द्धन र संगठनलाई थप सशक्त बनाउने कार्यमा अग्रसर रहने प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.