मनहरी गाउँपालिकाद्वारा भीमफेदी कारागारलाई दशैं सहयोग

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले बडा दशैंको अवसरमा भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग गरेको छ ।

आइतबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीसहित जनप्रतिनिधिको उपस्थितिमा कारागार प्रशासनलाई २ वटा खसी, ७ बोरा चामल, ६ बोरा चिउरा, अढाई कार्टुन तेल र एउटा प्रिन्टर हस्तान्तरण गरिएको छ ।

अध्यक्ष कालाखेतीले कैदीबन्दीले चाडपर्व हर्षपूर्वक मनाउन सकून् भन्ने उद्देश्यले हरेक वर्ष यस किसिमको सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा गाउँपालिकाका कांग्रेस सभापति प्रकाश बर्तौला, १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, २ नम्बर वडा अध्यक्ष राजकुमार पाख्रिन, ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, ६ नम्बर वडा अध्यक्ष यादव थपलिया र ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङ लगायतको उपस्थिति थियो ।

भीमफेदी कारागारमा मनहरी गाउँपालिकाका करिब ६० जना कैदीबन्दी रहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.