जेसीआई हेटौंडाले ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा भुटनदेवी माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रम दिउँसो २ बजेदेखि सञ्चालन गरिएको हो ।
सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रमको संयोजक विजय गोपाली तथा भुटनदेवी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक सुर्यप्रसाद घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।
कार्यक्रममा क्यान महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष शिवकुमार श्रेष्ठ, सन् २०१५ का शाखा अध्यक्ष दीपकराज मिश्र, सन् २०२० का शाखा अध्यक्ष राजदेव बानियालगायतको आतिथ्यता रहेको थियो ।
अभिमुखीकरण जिल्ला प्रहरी कार्यालय मकवानपुरकोतर्फबाट संगिता लामा र श्याम श्रेष्ठले सञ्चालन गरेका थिए । उनीहरुले विद्यार्थीलाई सामाजिक सञ्जालको प्रयोगसँग जोडिएका जोखिम, साइबर अपराधका प्रकार, सावधानी अपनाउने तरिका, गोपनीयता सुरक्षा तथा अपराधजन्य व्यवहारबाट कसरी जोगिने भन्ने विषयमा व्यवहारिक जानकारी प्रदान गरेका थिए ।
कक्षा ९ र १० का ७० जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा साइबर अपराधसम्बन्धी विद्यमान कानुनी उपचार प्रक्रिया र पीडित भएपछि कहाँ, कसरी उजुरी गर्ने भन्ने विषयमा समेत विस्तृत प्रष्टिकरण दिइएको जेसीआई हेटौंडा सन् २०२५ का महासचिव संजय कुमार न्यौपानेले जानकारी गराए ।
सन् २०२५ को जेसीज सप्ताहका लागि मूल कार्यक्रम संयोजक सन्तोष पराजुली र सह–मूल कार्यक्रम संयोजक किरण आले रहेका छन् ।






