अनेरास्ववियुद्वारा हेटौँडा क्याम्पस प्रमुखलाई ८ बुँदे मागसहित ज्ञापनपत्र

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौँडा क्याम्पस कमिटीले शैक्षिक तथा व्यवस्थापकीय सुधारका ८ बुँदे माग राख्दै क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।

बुधबार विहान अनेरास्ववियु हेटौँडा क्याम्पस कमिटीका अध्यक्ष नितेश भण्डारीको नेतृत्वमा क्याम्पस प्रमुख बालकृष्ण शर्मालाई ज्ञापनपत्र हस्तान्तरण गरिएको हो।

ज्ञापनपत्रमा विषयगत शिक्षणमा देखिएको समस्या तत्काल समाधान गरी सम्बन्धित विषयको दक्ष तथा योग्य शिक्षक मात्र नियुक्ति गर्नुपर्ने, प्रत्येक कक्षाकोठालाई प्रविधिमैत्री बनाउन स्मार्ट डिजिटल बोर्डको व्यवस्था गर्नुपर्ने, ई-लाइब्रेरीलाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने लगायतका मागहरू समावेश छन् ।

यससँगै गत भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा क्याम्पसमा भएको अराजक गतिविधि र स्ववियु कार्यालय तोडफोडमा संलग्न व्यक्तिहरूको छानबिन गरी यथाशीघ्र कारबाही गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला कमिटी संयोजक नवराज पौडेल, जिल्ला सचिवालय सदस्य तथा हेटौँडा क्याम्पस स्ववियु उपाध्यक्ष भरतमोहन देवकोटा, जिल्ला सचिवालय सदस्य विद्यान आचार्य, नगर सह-संयोजक रिजन जिसी, क्याम्पस कमिटी सचिव निकेस सापकोटा, सह–सचिव सन्दिप घिमिरे लगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.