जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको १८औं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बसन्त राज गौतमबाट आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साथै, संस्थाको अधिवेशनबाट आगामी कार्यकालका लागि दिर्घ नारायण भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा जयराम धिताल, सचिवमा मैयादेवी लामा र कोषाध्यक्षमा हरि खड्का चयन हुनुभएको छ। यसैगरी, सञ्चालक समितिको सदस्यहरुमा कृतिका आचार्य, ध्रुव प्रसाद लामिछाने, दीपा बुढाथोकी, मनोज सुवेदी र विनोद चौलागाईं रहेका छन् ।
अधिवेशनले संजय कुमार न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत सर्वसम्मत चयन गरेको छ । जसको सदस्यहरुमा अमर लामा र सृजना रिमाल रहेकी छन् ।







