हेटाैँडा उपमहानागरपलिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल दशैँ सकिए लगत्तै निर्माण कार्यमा लागि परेका छन् ।
वडा अध्यक्ष सिग्देलले दशैँकाे पूर्णिमाकाे भाेलीपल्ट नै ढल निर्माण कार्य सुरू गराएका छन् ।
हेटाैँडाकाे मूख्य बजार क्षेत्रमा रहेकाे त्रिदेव मार्गमा ढल निर्माणकाे लागि चेम्बर खन्ने कार्य शुरू गरिएकाे छ । वडा कार्यालयबाट विनियाेजित १० लाख बजेटबाट १७ वटा चेम्बर र पाईप जडान गरि ढल निर्माण कार्य सम्पन्न गरिने उनले बताए ।

ढल निर्माणपछि करिव ५० घरघुरीका १ सय परिवारले ढल सुविधा पाउने उनले जनाए । जिर्ण रहेकाे त्रिदेव मार्ग २०७४ सालमा वडा कार्यालयबाट विनियाेजित २० लाखबाट कंक्रिट ढलान गरिएकाे थियो ।
वडाभित्र साना-ठुला याेजनाहरू गरि ५० भन्दा वढि स्थानमा बजेट विनियाेजन भई निर्माण कार्यहरू तत्काल अगाडि बढ्ने वडा अध्यक्ष सिग्देलले बताए । गुणस्तरीय निमार्णकाे लागि जनसहभागिता र स्थानीयबासीकाे चासाे र सहयाेग महत्वपूर्ण हुने उनकाे भनाई छ ।







