कैलाश गाउँपालिकाले बाढीमा परी ज्यान गुमाएकी एक स्थानीय महिलाको परिवारलाई विपद् सहायता रकम हस्तान्तरण गरेको छ ।

सोमबार गाउँपालिकाका अध्यक्ष ‘लोक बहादुर मुक्तानको सचिवालय’ नामक फेसबुक पेजबाट सार्वजनिक गरिएको पोस्ट अनुसार कैलाश-७ निवासी कान्छीमाया चेपाङको परिवारलाई २ लाख रुपैयाँ विपद् सहायता रकम प्रदान गरिएको हो ।
उक्त रकम मृतक कान्छीमायाका छोरा गोपीराम चेपाङलाई हस्तान्तरण गरिएको सचिवालयको पोस्टमा उल्लेख छ ।
गत भदौ १८ गते राक्सिराङ गाउँपालिका वडा नम्बर ५ मा पर्ने मनहरी खोला तर्ने क्रममा अचानक आएको बाढीले बगाउँदा कान्छीमायाको निधन भएको थियो । बाढीले बगाएर बेपत्ता भएकी उनी पछि मृत अवस्थामा फेला परेकी थिइन्।
सोही दुःखद घटनाप्रति केन्द्रित रही गाउँपालिकाले पीडित परिवारलाई राहत स्वरुप सहयता रकम उपलब्ध गराइएको हो ।
प्रतिकृया दिनुहोस्







