भिजिट भिसा प्रकरणमा लेखकले कांग्रेसबाट पाए ‘क्लिन चिट’
गृहमन्त्रीको राजिनामाको विषयमा लाग्यो 'फूलस्टप'

नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा क्लिन चिट दिएको छ ।

कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले उक्त प्रकरणमा मन्त्री लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न नरहेको कुरामा नेपाली कांग्रेस विश्वस्त भएको बैठकमा उपस्थित एक पदाधिकारी बताउँछन् । लोकतन्त्रमाथी प्रहार गर्न चाहने तत्वहरुले बदनियतपूर्वक गृहमन्त्री लेखकको नाम प्रकरणमा जोडेर कांग्रेसको लोकप्रियता घटाउन खोजेको ती पदाधिकारीको ठहर  छ ।

कांग्रेसले लेखकलाई  क्लिन चिट दिएसँगै पार्टीभित्र उठिरहेको गृहमन्त्रीको राजिनामाको विषयमा फूलस्टप लागेको छ  ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.