मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामा नियुक्त

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रमुख राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा ब्लोनलाई नियुक्त गरेका छन्।

बिहीबार हेटौंडामा बसेको मन्त्रीपरिषद्को बैठकले लामालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

लामाले लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । पार्टीभित्र संगठन विस्तारदेखि जनतासँग प्रत्यक्ष सम्पर्कमा रहँदै आएका लामाले मकवानपुरको राजनीतिमा प्रभावशाली नेताको छवि बनाएका छन् ।

सल्लाहकारमा नियुक्त भएपछि उनले बागमती प्रदेशलाई विकासमा अग्रणी प्रदेशका रुपमा स्थापित गराउन मुख्यमन्त्री बानियाँलाई पुरा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले प्रदेश सरकारलाई विकास, सुशासन र जनतामुखी नीतिहरू कार्यान्वयनमा सघाउने बताउँदै पार्टी र सरकारबीच पुलको भूमिकामा रहन आफू तयार रहेको बताए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.