नेकपा एमाले, केन्द्रीय लेखा आयाेगकाे तर्फबाट बागमती प्रदेश कमिटीकाे आर्थिक वर्ष २०८२/०८३ काे अन्तिम लेखा परिक्षण सम्पन्न भएकाे छ ।
प्रदेश लेखा कमिटीले आन्तरिक लेखा परिक्षण सम्पन्न गरिसकेपछि आज केन्द्रीय लेखा आयाेगकाे तर्फबाट अन्तिम लेखा परिक्षण गरिएकाे हाे ।
अन्तिम लेखा परिक्षणपछि आयाेगका केन्द्रीय अध्यक्ष पुष्प कंडेलले प्रदेश अध्यक्ष कैलाश ढुङ्गेललाई अन्तिम लेखा परिक्षण प्रतिवेदन पार्टीकाे प्रदेश कार्यालय च्यासलमा हस्तान्तरण गरेका प्रदेश उपसचिव तथा वित्त व्यवस्थापन प्रमुख रमेश आचार्यले बताए । लेखा परिक्षणमा केन्द्रीय लेखा आयाेगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र हरि कुमार श्रेष्ठ संलग्न रहेका थिए । लेखा परिक्षण प्रक्रिया गर्ने क्रममा लेखा व्यवस्थापन प्रणाली, व्यवस्थित आम्दानी खर्चकाे रेकर्डसहितकाे कागजात, आम्दानीकाे पारदर्शीता र खर्चमा मितव्ययिता अत्यन्त सबल पक्ष रहेकाे पाईएकाे आयाेगका सदस्य नवीन सिग्देलले बताए । जिल्ला र पालिका कमिटीहरूकाे केन्द्रीय लेखा आयाेगकाे तर्फबाट लेखा परिक्षण कार्य समेत अगाडि बढाईने सिग्देलले जानकारी दिए ।
पार्टी जीवनमा आर्थिक अनुशासन, पारदर्शीता र प्रणालीलाई स्थापित गर्न लेखा परिक्षण महत्वपूर्ण रहेकाे आयाेगकी अर्की सदस्य शान्ति पाख्रिनले बताइन् । उनले मंसिर महिनाभित्र बागमती प्रदेश मातहतकाे १० वटा जिल्ला, महानगरपालिका र उपमहानगरपालिका सम्पन्न गरिसक्ने जानकारी दिइन् ।







