ऋण र तनाव कम गर्ने थलो ‘बाख्राको खोर’

विदुर पौडल । ‘कि लामो बाटो कि बाख्रो पाठो’ भन्ने नेपाली उखानलाई सार्थकता दिन जिल्लाको तीनपाटन गाउँपालिका ११ मा स्थानीय घर भएका भोज बहादुर थापा र तीनपाटन १० का कृष्णबहादुर कार्कीले गर्न सक्ने सबै पेसा गर्नुभयो तर पनि अरू पेसाबाट सन्तुष्ट हुन नसकेपछि बाख्रा पालनमा गर्ने अठोटमा पुग्नुभयो । उहाँ सँगै अन्य पेसा र विदेश जानेहरू थापा र कार्कीले बाख्रा पालनबाट मनग्गे कमाएको देखेर केही दङ्ग छन् भन्नुभयो केहीको ध्यान नै कसरी उनीहरूलाई समस्यामा पार्ने भन्ने छ । थापा र कार्कीले स्थानीय लाम्पानटार बचत तथा ऋण सहकारी संस्था लि. बाट ५ लाख ऋण लिएर गिजान चौरमा नमुना कृषि तथा पशुपन्छी फर्म सञ्चालन गर्नु भएको छ ।

थापाले विदेश देखि सवारी चालक हुँदै ठेक्का पट्टा सम्मका सबै कार्यगरी सकेका थापा विगत दुई वर्ष देखि व्यावसायिक बाख्रा पालनमा छन् । उहाँले सुरुमा १० वटा स्थानीय जातको बाख्राबाट सुरु गरेको व्यवसायमा अहिले एक सय ५० बढीको सङ्ख्यामा खसी, बोका, बाख्राहरू छन् । निकट भविष्यमा नै २ सय बढी पाल्ने योजना उनीहरूको रहेको छ । उनीहरुले स्थानीय जातको बाख्रामा जमुनापारि जातको बोकाबाट क्रस गराई बाख्रा पालन गरी रहेका छन् । उनी अन्य पेसा गर्न जहाँ जहाँ पुगे पनि सम्भव भएसम्म खोरमा नै पुग्छ । थकाई मेट्न होस वा मानसिक तनाव कम गर्न उनी बाख्राको स्याहारसुसार गर्न जान्छन् । बाख्राको स्याहारसुसार गर्दा र पाठा पाठी कराउँदा आफूलाई निकै सन्तुष्टि मिल्ने थापा बताउनुहुन्छ । अझ बढी मात्रामा पाठा पाठीहरू आउने काखमा बस्ने जीउमा चढ्ने गर्दा आफूलाई आनन्द महसुस हुने थापा बताउनुहुन्छ ।

दुई वर्ष अगाडीबाट सुरु भएको व्यवसायबाट वार्षिक रूपमा सबै खर्च कटाएर ६ देखि ९लाख रुपैयाँ सम्म आम्दानी गर्न सकिने थापाले बताए । मौसम अनुसारको बाख्राहरूमा लाग्न सक्ने रोगको सङ्क्रमणलाई ख्याल गरी औषधी उपचार गर्ने, चरिचण र घाँसपातको व्यवस्थापन मिलाउन सक्ने हो भने बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सकिने थापाले बताउनुभयो । यस वर्ष मात्रै सरदर २८ किलो ग्रामका ३० वटा ब्याडे बोका बिक्री गर्न सफल भएको थापाले बताउनुभयो । ९ सय ७५ किलो प्रतिकिलो ग्रामका दरले बोका बिक्री गरेको थापाले बताउनुभयो ।
बाख्राको आहारको लागि राईखनपयो, बडहर, निमारो सुपर नेपियर, ईपिलईपिल, स्टाईलो, ज्वाइँ, भेच, चुलेत्रो, राईखनिउ, खनियो लगायतको घाँस लगाएको थापाले बताउनुभयो । आफ्नो करिब २ विगाह र अन्य भाडामा लिएको डेढ विगाह खेतमा खेतबारीमा घाँस लगाएको थापाले बताउनुभयो ।

आफ्नो फर्मबाट वार्षिक रूपमा ५० वटा बढी व्याडेबोका र सोही मात्रामा माउपाठीहरु बिक्री गर्न वा दिन सकिने थापाले बताउनुभयो । दुई वर्ष अगाडीबाट सुरु गरेको फर्म तीनपाटन गाउँपालिकाकै नमुना भएको र आफ्नो लक्ष्य जिल्लाकै नमुना फर्म बनाउने रहेको थापाले बताउनुभयो ।
‘सम्भावना कृषि क्षेत्रमा धेरै छ चुनौती पनि उत्तिकै छ बिचमा तालमेल मिलाउन सीप चाहियो धन कमाउन सकिन्छ’, थापाले भन्नुभयो । नेपाल कृषि प्रधान मूलक भएर पनि काम गर्ने तौरतरिका परम्परागत भएकाले पछाडि परेको उहाँले बताउनुभयो । ‘अब कृषि पढेका मान्छेले गर्नुपर्छ नत्र नाम मात्रैको कृषि प्रधान देश हुन्छ विदेशबाट आयात गर्ने’, थापाको भनाई छ । परम्परागत तरिकाबाट गर्ने अधिकांश कृषकले नाफा घाटा सँग हिसाब नगर्ने भएकाले आर्थिक अवस्था उकासिन नसकेको उहाँले बताउनुभयो ।

विदेशमा १६ घण्टा काम गरेर ३० हजार कमाउँछन् भन्नुभयो क्षमता विकास गर्नु पर्छ जे काम सीप छ त्यही काम गर्दा त्यो भन्दा धेरै नेपालमै कमाउन सकिने थापाको अनुभव छ । पछिल्लो समय देशमा कृषि क्षेत्रमा दिएको अनुदानको सही सदुपयोग हुन नसकेको थापाले बताउनुभयो । अनुदान लिनको लागी नै पशु पालन गर्ने र अनुदान पाएपछि व्यवसाय नै छोड्ने प्रचलनले समग्र कृषक तथा कृषि पेसाको नै बदनाम भएको थापाले बताउनुभयो । अहिले सम्म आफूले कुनै पनि निकाय वा सङ्घसंस्थाबाट अनुदान रकम नलिएको थापाले बताउनुभयो । राज्यले सहुलियत कर्जाको लागि सहज पहुँच नपुर्याएकोले  पनि कृषि क्षेत्रमा आकर्षण बढ्न नसकेको थापाको भनाई छ । ‘बेरोजगारी नेपालमा बसेर काम गर्न इच्छुक छन् तर कसरी के गर्ने तरिका थाहा छैन, सीपको कमी छ सरकारले वातावरण बनाउनु पर्छ’, उहाँले भन्नुभयो

सरकारले बनाएको नीतिगत व्यवस्था कार्यक्रम सामान्य कृषकको पहुँच पुग्नु पर्ने, कृषिको वर्गिकरण गर्ने जस्ता कार्य गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । जसरी पनि काम गर्नु पर्छ खाली बस्नु हुँदैन ८ घण्टाका काम गर्नुपर्छ भन्नुभयो तयार भए पनि युवाले कृषि क्षेत्रबाट मनग्गे कमाउन सक्ने उहाँले बताउनुभयो । ‘अहिले म आफ्नो परिवारसँगै आनन्दले जीवन बिताइरहेको छु । अहिले एउटा किसान भए पनि खोर भित्रका मेरा बाख्रालाई बाकसमा राखेका पैसा र त्यो पैसामा आफ्नो जिन्दगी देख्छु,’ थापाले भन्नुभयो ।, ‘खाने समयमा खाएको छु, घुम्ने समयमा घुमेको छु । आफ्ना आवश्यकता यसैबाट परिपूर्ति भएका छन् ।’

विदेशमा भन्दा सयौँ गुणा र अन्य पेसामा भन्दा हजारौँ सुख कृषि पेसामा छ,थापाले भन्नुभयो । बाख्रा पालन व्यवसाय गर्नको लागी सबै काम आफूहरूबाट सम्भव भएको भए पनि स्थानीय सामुदायिक वनले केही समय देखि चरिचरण बन्द गर्न भन्दै परिपत्र गरेकाले केही समस्या उत्पन्न भएको थापाले बताउनुभयो । स्थानीहरूमा हुने जोड घटाउनको समस्याले व्यवसायमा समस्या सृजना हुने गरेको थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.