सौराहामा जुट्दै जेसीआईका शाखागत महासचिवहरु

नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय जेसीआई नेपालअन्तर्गत शाखागत महासचिवहरुको दुईदिने भेला मंसिर ५ र ६ गते सौराहामा हुने भएको छ।

सौराहास्थित चितवन सफारी रिसोर्टमा आयोजना हुने उक्त भेला जेसीज संगठनभित्र आपसी संवाद, आत्मीयता र सहकार्यको निरन्तरताको रुपले लिइएको छ ।

कार्यक्रममा सहभागी महासचिवहरुले अनुभव तथा सिकाइ आदानप्रदान गर्ने, शाखाहरुको कार्यशैली नजिकबाट बुझ्ने तथा पारस्परिक सम्बन्ध सुदृढ गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका संयोजक ईश्वर धमलाका अनुसार सहभागीहरूलाई सौराहाको प्राकृतिक र सांस्कृतिक सौन्दर्य अनुभव गराउने उद्देश्यले विशेष गतिविधिहरु समावेश गरिएका छन् । जंगल सफारी, थारु सांस्कृतिक नृत्य, र रत्ननगर जिरौनास्थित स्थानीय परिकारको स्वादका लागि छुट्टै व्यवस्था गरिएको उनले जानकारी दिए।

सौराहामा हुने यो भेटघाटलाई शाखागत महासचिवहरुबीचको सम्पर्क, सहकार्य र मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसरका रुपमा लिइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.