रोट्रयाक्ट मकवानपुरको आगामी नेतृत्व सुजन राईको काँधमा

रोट्रयाक्ट क्लब अफ मकवानपुरको रोटा वर्ष २०२६-२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ ।

क्लबको हालै सम्पन्न बैठकले सुजन राईलाई आगामी कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

​क्लबको नयाँ नेतृत्वका लागि अध्यक्षमा राईसँगै ​सचिवमा रविना घिमिरे र ​कोषाध्यक्षमा मनोज राई चयन भएका छन् । अन्य महत्वपूर्ण पदहरुमा पनि पदस्थापना अगावै जिम्मेवारी बाँडफाँड गरिने क्लबले जनाएको छ ।

रोट्रयाक्ट मकवानपुरले लामो समयदेखि युवाहरुको क्षमता अभिवृद्धि र समुदायमा आधारित विभिन्न सेवामूलक गतिविधिहरु गर्दै आइरहेको छ ।

​नयाँ कार्यसमितिलाई क्लबका पूर्व अध्यक्षहरू तथा रोटरी क्लबका सदस्यहरुले बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.