भीमफेदी गाउँपालिकाले रसुवा र नुवाकोट जिल्लाको बाढी प्रभावित पाँच स्थानीय तहलाई १ लाख रुपैयाँको दरले सहयोग गर्ने निर्णय गरेको छ ।
प्राकृतिक विपदमा परेका स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यसहित गाउँपालिकाले ५ लाख सहयोग गर्न लागेको हो ।
उक्त सहयोग रकम जनप्रतिनिधिहरूको पारिश्रमिक, कर्मचारीहरूको स्वेच्छिक योगदान तथा गाउँपालिकाको आन्तरिक विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गरिएको जानकारी प्राप्त भएको छ । सहयोग रकम सिधै सम्बन्धित बाढी प्रभावित स्थानीय तहको विपद् कोषमा पठाइने गाउँपालिकाले जनाइएको छ।
प्रतिकृया दिनुहोस्







