रसुवा र नुवाकोटको बाढी प्रभावित पाँच स्थानीय तहलाई भीमफेदी गाउँपालिकाको आर्थिक सहयोग

भीमफेदी गाउँपालिकाले रसुवा र नुवाकोट जिल्लाको बाढी प्रभावित पाँच स्थानीय तहलाई १ लाख रुपैयाँको दरले सहयोग गर्ने निर्णय गरेको छ ।

प्राकृतिक विपदमा परेका स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यसहित गाउँपालिकाले ५ लाख सहयोग गर्न लागेको हो ।

उक्त सहयोग रकम जनप्रतिनिधिहरूको पारिश्रमिक, कर्मचारीहरूको स्वेच्छिक योगदान तथा गाउँपालिकाको आन्तरिक विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गरिएको जानकारी प्राप्त भएको छ । सहयोग रकम सिधै सम्बन्धित बाढी प्रभावित स्थानीय तहको विपद् कोषमा पठाइने गाउँपालिकाले जनाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.