खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बानियाँ पुरस्कृत

गोलनेपाल डटकमसँग आबद्ध रहेर मकवानपुरबाट खेलकुद पत्रकारिता गर्दै आइरहेका बिक्रम बानियाँले राष्ट्रिय खेलकुद पत्रकार प्रोत्साह पुरस्कार प्राप्त गरेका छन् ।

पत्रकार बानियाँ नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले वार्षिक रुपमा प्रदान गर्दै आएको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएका हुन् । उनलाई सोमबार एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले पुरस्कार प्रदान गरेका हुन् ।

खेलकुद मन्त्रालयको पुरस्कार मुल्यांकन समितिले मुल्यांकन गरी दश खेलकुद पत्रकारहरुले प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भए बमोजिम सोही दश जनाको सूचीमा बागमती प्रदेशबाट बानियाँ पनि परेका थिए ।

उनले विशेषतः फुटबल प्रतियोगिताहरुको लाइभ रिपोर्टिङ गर्दै आएका छन् ।

बानियाँ पछिल्लो एक दशक यता गोलनेपालको सह–सम्पादक तथा बागमती प्रदेश ब्युरो प्रमुखका रुपमा समेत खेल पत्रकारितामा सक्रिय छन् । खेल पत्रकारिकताकै क्रममा देशका विभिन्न जिल्ला तथा विदेशमा समेत पुगेका बानियाँ पछिल्लोपटक सन् २०२३ मा साउदी अरेबियामा सम्पन्न भएको फिफा क्लब विश्वकपमा समेत गोलनेपालको प्रतिनिधिका रुपमा सहभागि भएका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.