मकवानपुरको कैलाशस्थित ऐतिहासिक स्यार्से कालिका मन्दिरमा शुक्रबार शतचण्डी महायज्ञ हुने

मकवानपुरको कैलाश गाउँपालिका ९ नम्बर वडास्थित ऐतिहासिक शक्तिपीठ स्यार्से कालिका मन्दिरमा शुक्रबार विशेष क्षमा याचना पूजनसहित शतचण्डी महायज्ञ हुने भएको छ ।

करिब चारसय वर्ष पुरानो इतिहास बोकेको यस मन्दिरमा बिहीबार पूर्वाङ्ग कार्य सम्पन्न गरी शुक्रबार मुख्य अनुष्ठान गर्न लागिएको हो ।

कैलाश गाउँपालिकाको आर्थिक सहयोग तथा स्यार्से कालिका मन्दिर क्षेत्र विकास समितिको आयोजनामा हुन लागिएको महायज्ञमा आध्यात्मिक गुरु सविन शिवाकोटीले गङ्गा पूजन, शतचण्डी पाठपारायण, लघुरुद्राभिषेक र वैदिक तान्त्रिक हवन लगायतका विधिहरू सम्पन्न गरिने जानकारी प्राप्त भएको छ ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार २०५० सालको बाढीले क्षति पुर्‍याएको यस शक्तिपीठलाई स्थानीय र प्रदेश सरकारको लगानी तथा विभिन्न दाताहरुको सहयोगमा व्यवस्थित बनाइएको हो । उनले सबै धर्मका धार्मिक क्षेत्रको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेको भन्दै  मन्दिर परिसरमा भौतिक संरचना निर्माणलाई तीव्रता समेत दिइएको बताए ।

तीन खोलाको त्रिवेणीमा अवस्थित यस मन्दिरमा कालिका भगवतीका सात दिदीबहिनीमध्येकी जेठी ‘स्यार्से कालिका’ को पूजा हुने मन्दिरका पुजारी दानबहादुर ठकुरीले बताए । उनका अनुसार  मन्दिर समितिका सचिव मनोज बर्तौलाका अनुसार श्रीराम नवमीको अवसरमा आयोजित उक्त कार्यक्रममा वास्तु पूजा, नवग्रह र नाग पूजा लगायतका धार्मिक कार्यहरू समेत सम्पन्न गरिनेछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.