हेटौडा । नयाँ वर्ष २०८३ को अवसरमा हेटौडामा विशेष भजन कार्यक्रम आयोजना हुने भएको छ।
मेन्स रुम रिलोडेड ‘एम.आर.आर’ हेटौंडा टिमले आगामी वैशाख १ गते मंगलबार बिहान ७ बजेदेखि उक्त कार्यक्रम गर्न लागेको हो ।
समाजमा सकारात्मक ऊर्जा, धार्मिक सचेतना र आध्यात्मिक भावना फैलाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको एम.आर.आर हेटौंडाका मित्र गौतमले बताए । उनका अनुसार कार्यक्रममार्फत आफ्नो धर्म र संस्कृतिलाई जोगाउँदै नयाँ पुस्तासम्म पुर्याउने लक्ष्य राखिएको छ ।
नयाँ वर्षलाई शान्त र ऊर्जावान् रूपमा सुरुवात गर्नका लागि भजन कार्यक्रममा सहभागी हुन सम्पूर्ण धर्मानुरागी तथा स्थानीयवासीमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।
प्रतिकृया दिनुहोस्







