स्थानिय निर्वाचन अपडेटः मकवानपुरको ३ वडामा कांग्रेस, एउटामा माओबादी विजयी

हेटौंडा/ मकवानपुरमा ४ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमध्य ३ वडामा कांग्रेस र १ वडामा माओबादी केन्द्रले जित हासिल गरेको छ ।

शनिबार दिउँसो सम्पन्न मतगणनामा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा शिव प्रसाद खनाल ७ सय मतान्तरले वडा अध्यक्षमा विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १ हजार ९३ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटत्म प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३ सय ९३ मत प्राप्त गर्दै पराजित भएका छन् भने एकीकृत समाजवादीका उम्मेदवारले ३ सय ३१ मत पाएका छन् ।

१ नम्बर वडामा खनालको प्यानलै विजयी भएको छ । वडा सदस्यमा दीपक ढकाल, सानोकान्छा घलान, सेतीमाया तामाङ र सावित्री घिमिरे निर्वाचित भएका छन् ।

यसअघि नेपाली कांग्रेसबाट इन्द्रसरोवर गाउँपालिका–१, भीमफेदी गाउँपालिका १ नम्बर वडामा पनि वडा अध्यक्ष निर्वाचित भइसकेका छन् ।