मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोद सिंह रानाभाट विजयी भएका छन् ।
शनिबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी अनिल अग्रवाललाई पराजित गर्दै रानाभाट अध्यक्ष निर्वाचित भएका हुन्।
रानाभाटले १०१४ मत पाए भने अग्रवालले ७९५ मत पाए।
वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारीले ५९९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी राम प्रसाद न्यौपानेले ४८४ मत पाए।
उद्योगतर्फको उपाध्यक्षमा दीपक उप्रेतीले २७२ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रवीन्द्र घिमिरेले २४० मत पाए ।
एशोसियटतर्फ उपाध्यक्षमा ४७ मतसहित उज्वल चौलागाई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विष्णु खनालले ३३ मत पाए ।
वस्तुगत तर्फको उपाध्यक्षमा भने काव्यमणि अधिकारीले १५ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी प्रदीप अर्यालले ११ मत पाए ।
महासचिवमा प्रतिमा श्रेष्ठले १०१२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी बिकेशलाल श्रेष्ठले ७१३ मत पाए ।
कोषाध्यक्षमा तेजराज अधिकारी (९१७) र सहकोषाध्यक्षमा नीलम बैध (९१६) निर्वाचित भएका छन् ।
वाणिज्यतर्फको सचिवमा कुल प्रसाद चौलागाई ६८४ मतसहित निर्वाचित भएका छन् भने सदस्यमा बालकृष्ण बजगाई, सन्तोष घिमिरे, विष्णु प्रसाद दाहाल र राजेन्द्र लामिछाने निर्वाचित भएका छन् । वाणिज्यतर्फ मनहरि क्षेत्रबाट शंकर प्रसाद कालाखेती तथा महिला आरक्षणमा निलम बजगाई र निलम पाण्डे सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् ।
उद्योगतर्फको सचिवमा रुपकराज दाहाल निर्विरोध निर्वाचित भएका छन् भने सदस्यमा कृष्णगोपाल महर्जन, जगदीश दाहाल, भुपेन्द्र अधिकारी र महिला आरक्षणमा सितादेवी भेटवाल निर्वाचित भएकी छन् ।
एसोसिएटतर्फको सचिवमा माधव ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् भने सदस्यमा नवराज खड्का र अंकिता सुमार्गी निर्वाचित भएकी छन्। एसोसिएटतर्फ बहुराष्ट्रिय कम्पनीको तर्फबाट बिक्रम संजेल र हेटौडा औद्योगिक क्षेत्रबाट सुकृतराज पराजुली सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन्।
वस्तुगततर्फको सचिवमा उम्मेदवारद्वय नेत्र प्रसाद खतिवडा र राजाराम कार्कीको १३/१३ मत आएर बराबर भएको छ भने सदस्यमा शम्भु पुडासैनी निर्वाचित भएका छन्।