बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षाबारे छलफल तथा अन्तरकृया कार्यक्रम पाँचपोखरी थाङपाल गाउँपालिकामा सम्पन्न भएको छ ।
आइतबार बागमती प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै सभामुख पाठकले कानुनको सही कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको र यसमा सबैको सहकार्य आवश्यक रहेको बताए । यस्तै उपसभामुख अपसरा चापागाईले बागमती प्रदेशको कानूनका बारेमा सबैले जानकारी राख्नुपर्नेमा जोड दिइन् ।
छलफलका क्रममा गाउँपालिका अध्यक्ष टासी लामाद्वारा प्रदेशले बनाएका कतिपय कानुन कार्यान्वयनमा जटिलता देखिएकाले समयानुकुल संसोधन गर्नुपर्ने धारणा प्रस्तुत गरियो ।
कार्यक्रममा संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र कानूनी प्रक्रियाको महत्त्वलाई रेखांकित गर्दै कानूनी सुधारका लागि थप छलफलको आवश्यकता रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशसभाका सचिव कृष्ण हरि खड्काले प्रदेश सरकारले निर्माण गरेका कानुन र कार्यान्वयनको अवस्था बारे जानकारी गराएका थिए ।