मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष सल्लाहकारमा विष्णुहरी पण्डित मनोनित भएका छन् ।
संघको सोमबार बसेको बैठकबाट नवनिर्वाचित अध्यक्ष प्रमोदसिंह रानाभाटले अध्यक्ष सल्लाहकारमा पण्डितसँगै सल्लाहकारमा आठ जनालाई मनोनित गरेका हुन् ।
जसमध्ये सल्लाहकारमा हिरालाल श्रेष्ठ, आनन्दराम पराजुली, सरोज खनाल, इन्द्रप्रसाद नेपाल, बालगोपाल कँडेल, नरेन्द्र भण्डारी, नरोत्तम दाहाल र सन्तोषकुमार अर्याललाई मनोनित गरिएको छ ।