बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दादुरा-रुबेला खोप अभियानमा क्रियाशिल भएर लाग्न चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।
आइतबार दादुरा रुबेला अभियानको समिक्षा आई पि भी खोप अभियान सम्बन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा आफ्नो मनतव्य राख्नुहुँदै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् ।
जिल्लामा रुवेलाको अवस्था बुझेर कस्ता कार्यक्रम ल्याउदा उपयोगी हुन्छ भन्ने विषयमा बुझेर अगाडी बढ्न मन्त्री श्रेष्ठले अनुरोध गरे । स्वास्थ्य क्षेत्रमा भएको कमीकमजोरीलाई सुधार गर्दै थप गर्नुपर्ने कार्यक्रमहरुलाई थप गरी काम गर्न सुझाव दिए ।
जिल्लामा रहेका चिकित्सकहरुले क्रियाशिल भई खोप लगाउने कार्यमा हेलचक्राई नगरी काम गरि मृत्युदर शुन्यमा झार्न यो अभियानमा सहयोग गर्न स्वास्थ्य मन्त्री श्रेष्ठले अनुरोध गरे । आफ्नो जिवनको प्रवाह नगरी जनताको सेवामा लागी परेका कर्मचारीलाई हौसला प्रदान गर्दै यो कार्यको राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा पनि पहिचान बनाएको कुरा सुझाए ।
चिकित्सकहरुको काम प्रति सम्मान व्यक्त गर्नुहुँदै विरामीको स्वस्थ जिवनको लागी दिनरात खटिनुहुन्छ भन्ने विश्वास राखेको मन्त्री श्रेष्ठले बताए । विपन्न परिवारलाई स्वंयमसेविकाहरुले महत्वपूर्ण योगदान पुर्याएकोमा खुसी व्यक्त गरे ।
नेपाल सरकारले ल्याएको विमामा विपन्न परिवारका सदस्यहरु लाभान्वित हुन नसकेकोमा दुख व्यक्त गर्नुहुंदै सबै जनताले संविधानको मर्म अनुसार स्वास्थ्यको पहुंचमा ल्याउन स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरे ।
यस आर्थिक वर्षमा ७ हजारको हाराहारीमा परिवार लाभांवित भैसकेको र यस आर्थिक बर्षकोअन्त सम्ममा थप २ करोड थपेर १२ हजार घरधुरीलाई विमाको सुविधा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे।
साथै विश्वभरि फैलिएको आत्महत्या न्युनिकरणका लागि मन्त्री श्रेष्ठले जती सक्दो पहल गर्ने बताए । स्वास्थ्य मन्त्रालयको सर्बपक्षियसंयन्त्रको निर्माण गर्ने र व्यापक परिचालनका साथै जनचेतनाका लागि स्थानीय सरकारसँगको सहयोग र समन्वयमा व्यापक जनचेतनाका कार्यक्रमहरु ल्याउने योजना बनाएको मन्त्री श्रेष्ठले बताए ।
उपचारात्मक कार्यका लागी प्रादेशिक अस्पतालहरु र आर्युवेदिक केन्द्रबाट उक्त कार्यलाई अगाडी बढाइने र त्यसबाट निस्केका जटिलतालाई आवश्यमक उपचार चाहिएको अवस्थामा स्वास्थ्यमन्त्रालयले उत्त समस्याको उपचार गर्ने निर्णय लिएको मन्त्री श्रेष्ठले बताए ।