रोट्रयाक्ट मकवानपुरमा सिंह पदस्थापित

रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा अमित कुमार सिंह पदस्थापित भएका छन् ।

शनिबार सम्पन्न रोट्र्याक्ट क्लब अफ मकवानपुरको दशौं पदस्थापना कार्यक्रमबाट रोटा वर्ष २०२५/२६ का लागि अध्यक्षमा सिंह पदस्थापित भएका हुन् ।

अध्यक्ष सिंहसँगै क्लबको उपाध्यक्षमा सुजन राई, सचिवमा जमुना थापा, कोषाध्यक्षमा रचना कार्की, क्लब एडमीन चेयरमा गंगा थापा, रोट्रयाक्ट लर्निङ फसेलिटेटरमा दीपेश खनाल, सर्भिस प्रोजेक्ट चेयरमा कृष्ण अधिकारी, योङ लिडर्स कन्टयाक्टमा करुणा खतिवडा, पब्लिक इमेज चेयरमा सरिता उप्रेती, मेम्बरसीप चेयरमा रबिना घिमिरे, फेलोसिप चेयरमा स्वस्तिका अर्याल र सर्जेन्ट एट आर्म्समा मैया थापा बस्नेत पदस्थापित भएकी छन् ।

हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रममा सम्पन्न भएको थियो ।

रोट्रयाक्ट क्लब अफ मकवानपुरको रोटा वर्ष २०२५/२६ का बोर्ड अफ डाइरेक्टर्स तथा सल्लाहकारहरुः 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.