सशस्त्र प्रहरीलाई मनहरी गाउँपालिकाबाट उद्दार सामाग्री

विपदजन्य घटनामा उद्दारका लागि मनहरी गाउँपालिकाले ६ नम्बर वडामा रहेको सशस्त्र प्रहरीको कत्लेखोला सुरक्षा बेसक्याम्पलाई आवश्यक उद्दार सामाग्री हस्तान्तरण गरेको छ ।

मंगलबार गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलगायतले सुरक्षा बेस क्याम्पका असई हरि भवन महतोलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरिक सामाग्रीहरुमा ट्युब २ थान, फरुवा ३, फाइटर गन २ थान, लाइफ ज्याकेट ५ थान, गम बुट ९ जोर, प्राथमिक उपचार बक्स, स्टेचर, सेफ्टी हेलमेटलगायत रहेका छन् ।

प्राकृतिक वा अन्य विपतिको घटनामा उद्दारमा लाग्न सहजताका लागि सशस्त्र प्रहरीलाई उद्दार सामाग्री सहयोग गरिएको गाउँपालिकाकी उपाध्यक्ष मगरले जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.