काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले अख्तियार आफ्नो विरुद्ध लाग्नुमा महामन्त्री गगन थापाको भूमिका रहेको आरोप लगाएका छन् ।
बुधबार बसेको पार्टी बैठकमै बस्नेतले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्मा बढी बोल्ने गरेको भन्दै महामन्त्री थापालाई सचेत रहन चेतावनी समेत दिएका छन् ।
बैठकमा बस्नेतले पार्टीका सबै नेतालाई फसाउन लागिपर्नुस भन्दै महामन्त्री थापामाथि खनिएका थिए ।
भ्रष्टाचारको मुद्दामा एउटाले अर्कोलाई सकाउनका लागि नेपाल पाकिस्तानको मोडलमा गएको बस्नेतले बताए ।
बस्नेतले टेरामक्समा आफूले गल्ती नगरेको पनि बताएका छन् । (अनलाइनखबरबाट)
प्रतिकृया दिनुहोस्







