विदुर पौडेल/ सिन्धुली बजारमा चिटिक्क परेर, चिल्लो गाडीमा चढेर सबैको आगडी मुसुक्क हासेर हिड्ने रामभक्त श्रेष्ठको दैनिकी भने कुखुराको खोरबाट सुरु हुन्छ । उनको जीवन अरुले देखे भन्दा फरक छ ।
उनी विहानै चिल्लो गाडी चढेर कुखुरा खोरमा कुखुरासँगै सुलि सोर्ने सम्मको कर्मगर्न पुग्छन । उनी कुखुराको स्याहार सुसार देखि सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन ।
सहकारी संस्थाबाट ऋण लिएर उनले करिव ३ करोड बढीको लगानीमा ब्रोईलर कुखुरा पालन गर्ने खोर निर्माण गरी त्यसमा १० हजार बढी कुखुरा पाल्दै आएका छन । उनले स्थानीय चन्द्रोदय सहकारी संस्थाबाट ऋण लिएर सुरु गरेको व्यावसायले अहिले सफल्ता पाएको छ ।
उनी उद्योग बाणिज्य संघको बहालवाला उपाध्यक्ष हुन,उनी अन्य पेशा भन्दा पनि कृषि पेशामा लाग्नु पर्छ र उत्पादनमा जुट्नु पर्छ भन्ने हेतुका साथ कुखुरा पालनमा लागेका हुन । अरुका भरपर्नु भन्दा पनि आत्मानिर्भर हुन पर्छ भन्ने लागेर उत्पादनमा जुटेको बताउछन ।
आफ्ना दुःख पिडा अरुलाई देखाएर केही नहुने भएकाले अरुको अगाडी हासिखुसी हिड्ने र मेहनतलाई दुःख नसम्झने हो भने जुन सुकै पेशामा पनि सफल्ता प्राप्त गर्न सकिन्छ भन्ने मेरो बुझाई छ, श्रेष्ठले भने । पेशा व्यावसाय नगर्ने र कुरा मात्र गर्ने हो भने देश त बन्दैन नी यो सँगै परिवार पनि दुःखमा जीवन जीउन बाध्ये हुने निश्चित छ,श्रेष्ठ भन्छन ।
साढे एक करोडको लागनीमा दुई विगाहा जमिन खरिद गरी हाल १० हजार ब्रोईलर कुखुरा पाल्दै आएका श्रेष्ठ ४० हजार कुखुरा पाल्ने लक्ष्यका साथ अगाडी बढ्ेका छन । ब्रोईल कुखुराको साथै लिर्यस कुखुरा पनि पाल्ने तयारीको साथ उनी हाल थप खोर निर्माणमा जुटेका छन ।
पेशामा सन्तुष्ट भएपनि आम्दानीमा भने धेरै सन्तुष्ट हुन सक्ने अवस्था छैन । बर्षमा ६ लट कुखुरा उत्पादन हुने रएक लटमा ५० देखि ६० लाख सम्मको कारोवार हुने भएपनि खर्चको दायरा भने निश्चित नहुने उनी बताउछन । उनी आफुमात्र रोजगारमा जोडिएका छैनन्,अरुलाई पनि रोजगारी दिएका छन । उनले प्रत्यक्ष रुपमा ५ जनालाई रोजगारी दिएका छन । ५ जनाले मासिक रुपमा १२ देखि २० हजार रुपैया सम्म तलब पाउछन ।
नेपालमा कुखुरा पालन गर्ने कृषकहरुलाई धेरै समस्या छ, यस सम्वन्धी बिज्ञको अभाव छ । डाक्टरले भनेको अनुसार गर्दा पनि भनेअनुसारको उत्पादन हुदैन्न उनले अनुभव सुनाए । नेपालमा कुखुरा पालन गर्दा हचुवाको भरमा पाल्ने प्रचलन छ, जसले गर्दा यस व्यावसायमा लागेका धेरै कृषकहरु विस्तापित बन्न पुगेका छन, उनले भने ।
कुखुरा पालक कृषकहरूको जीवन परिश्रम, लगनशीलता, र समर्पणको प्रतीक हो,यो बिषय विच तालमेल मिले मात्र सफल हुन सकिने रैछ, श्रेष्ठले भने ।
विहान जुरुक्क उठ्ने बेलामा मात्र नभएर सुत्ने बेलामा पनि कुखुराको दानापानीको चिन्ता र चासो हुन्छ, कुनै दिन खोरमा पुग्न भ्याईएन भने मन स्थिर नहुने उनी बताउछन । कर्मचारीहरु त छन तर आफु भएजस्तो सन्तोष नहुने रहेछ,श्रेष्ठले भने ।
खासगरी कुखुराको दानापानीको व्यवस्थापन,बासस्थानको सरसफाइ, रोगप्रतिरोधका लागि औषधि तथा खोपको व्यवस्थापनमा ध्यानदिनु पर्छ नभएर सबै लगानी डुब्ने रहेछ,श्रेष्ठले भने । कुखुरा पालन गर्दा उत्पादन सँगै बजारको मूल्य घटबढले प्रत्यक्ष असर पार्ने, लागत व्यवस्थापन (दानाको मूल्य, औषधि, बिजुली) को चुनौती पनि उत्तिकै भएको उनी बताउछन ।
रोग र महामारी (जस्तै बर्ड फ्लु) ले ठुलो आर्थिक क्षति पुर्याउने, बजार मूल्यको अस्थिरताले यो पेशामा उत्तारचढाव ल्याउने रैछ,श्रेष्ठले भने । अत्यधिक परिश्रम र निरन्तर ध्यानको आवश्यकता भएमा भने केही हद सम्म सफल्ता प्राप्त हुने उनी बताउछन ।
यस पेशामा लाग्ने कृषकहरुको समय धेरैजसो फार्ममा व्यतीत हुन्छ, जसले गर्दा सामाजिक जीवन केही सीमित हुन सक्छ । तर, सफलताले परिवारको जीवनस्तरमा सुधार ल्याउँछ,श्रेष्ठले भने । कुखुरा पालन एक सानो लगानीबाट सुरु गर्न सकिने व्यवसाय हो, जसमा मेहनत र सही व्यवस्थापनले ठुलो फाइदा लिन सकिन्छ। यो व्यवसायले ग्रामीण क्षेत्रका धेरैलाई आत्मनिर्भर बनाएको छ, श्रेष्ठले भने ।







