पनौती,१ काभ्रे निवासी म मित्र प्रसाद सापकोटा, ज्योति सहकारीको सदस्य एक फर्निचर व्यवसायी हु ।
मलाई गर्व लाग्छ म यो सहकारीको सदस्य हो भन्नलाई र म गर्वका साथ भन्ने गर्छु म ज्योति मिर्मिरे सहकारीको मात्रै सदस्य हो । म यो सहकारीमा आवद्ध हुनु अघि भने धेरै वटा सहकारीमा सदस्य थिएँ । सदस्य त थिएँ तर मेरो इच्छा, चाहना अनुरुपको काम गर्न सक्ने तौर तरिका प्रदान गर्ने कुनै पनि भएनन् । म भगवान कृष्णको भक्त,प्रभुको अनुयायी, स्कोन पनौतीमा आवद्ध छु र स्कोनमा त्यस सहकारीका धेरै सदस्यहरु पनि रहनु भएको रहेछ ।
उहाँहरुसंग घुलमिल हुँदा र उहाँहरुले यस सहकारीको बारेमा भनेका कुरा सुने पछि मलाई पनि यस सहकारीमा आवद्ध हुन मन लाग्यो संस्थामा गई बुझ्दा यस संस्थाले गरेको कार्यक्रमहरुले धेरै प्रभावित भए यतिमात्र नभई मलाई यहाँको कर्मचारीको मित्रवत व्यवहार,सदभावलेत झनै मोहनिनै लगायो र म सदस्य भए । धेरै वटा संंस्थाहरुमा आवद्ध भएका कारण ऋण पनि धेरै वाट चलायको थिए र केहि व्यतिmहरु संग पनि धेरै व्याजमा पैसा चलायको थिए, कमाएको सवै पैसा ऋण तिर्न पनि धौधौ हुन्थ्यो र मैले संस्थामा मेरो सबै कुरा राखें, उहाँहरुले तपाई काम गर्नुस् हामी तपाईलाई सहयोग गर्छाैं भन्नु भयो ।उहाँहरुको त्यो हौसलाले मैले फर्निचरमा काठहरु थप गर्न थालें र सामानहरु बनाउन थालें ।
मैले स मिलमा सामानहरु बलियो बनाउन थालें, मैले बनाएको सामान धेरैले मन पराउनु भयो र मलाई काठ खरिदको लागि अझै लगानी चाहियो । मैले संस्थामा गएर भने उहाँहरुले मेरो जोस जाँगर देखेर अझै लगानी थप गरिदिने मात्र नभई यत्र तत्त्र छरियका सवै ठाउका ऋण एकमुष्ठ वनाइदिने निर्णय गर्नुभयो र म आज गर्वका साथ एक सफल काठ फर्निचरको मालिक भन्ने बनेको छु ।
ज्योति सहकारीले गर्ने ऋण वीमा जसले मलाई आफु ऋणी भएता पनि भविष्यमा हुनसक्ने सम्भावीत घटनाबाट मेरो परिवारलाई आर्थिक भारको तनावबाट मुक्त गर्छ, वार्षिक वीमारी उचार खर्च प्रदानले गर्दा मेरो अस्पताल आइ पर्ने खर्चमा सहज बनाएको छ। मेरो छोरा यसै सहकारीको लगानीबाट वैदेशिक रोजगारीमा थियो र हाल फेरि छोरा वुहारी न्यूजरल्यान्ड पनि जाँदैछन् । हामी यो सहकारीमा स परिवार नै सदस्य बनेका छौं र हामी संस्थाको सेवा सुविधाबाट एकदम खुसि छौं ।
समाजमा समुदायमा आधारित भएर काम गर्ने यस्तो ज्योति जस्तो सहकारी नेपालमा अन्य धेरै हुनु आवश्यक छ । नेपालमा यस्तो सहकारीको संख्या बृद्धि हुने हो भने नेपाली नागरिकलाई आफ्नो आर्थिकस्तर उकास्न निकै सजिलो हुन्छ । म आज जुन स्थानमा छु यसै संस्थाको सहयोगको कारण छु त्यसैलै म हृदयबाटनै ज्योति सहकारीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।
मित्र प्रसाद सापकोटा
पनौती, १ काभ्रे
सदस्य नं ८२६८







