मकवानपुरका शुभ कंसाकार पुनः जनकपुर बोल्ट्समा रिटेन

हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ का लागि जनकपुर बोल्ट्सले मकवानपुरका युवा प्रतिभाशाली खेलाडी शुभ कंसाकारलाई पुनः रिटेन गरेको छ ।

पहिलो सिजनमै प्रभावशाली प्रदर्शन गरेका शुभले दोस्रो सिजनमा जनकपुरको टोलीमा निरन्तरता पाउन सफल भएका हुन् ।

जनकपुर बोल्ट्सका टिम म्यानेजमेन्टले सार्वजनिक गरेको रिटेन्सन सूचीमा शुभसँगै ललित राजवंशी, आशिफ शेख, अनिल कुमार साह, रुपेश सिंह, किशोर महतो र तुलबहादुर थापा मगरलाई रिटेन गरिएको छ ।

साझापत्रसँग कुरा गर्दै शुभले भने, ‘जनकपुर बोल्ट्समा फेरी रिटेन हुन पाउनु मेरो लागि गर्वको कुरा हो। टिमको म माथिको विश्वासलाई प्रदर्शनबाट न्याय गर्ने प्रयास सधै रहनेछ’

सिजन-१ को विजेतसमेत रहेका जनकपुर बोल्ट्सले यसपटक पनि उपाधि लक्ष्यसहित मैदानमा उत्रिने तयारी गरिरहेको छ भने शुभ टोलीका लागि एक प्रमुख स्तम्भको रूपमा रहने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.