हेटौंडा/ बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी कार्यक्रम हुन लागिएको छ ।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रदर्शनीको बारेमा जानकारी दिइएको छ ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेशको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको सहकार्यमा यहि असार १३ र १४ गते दुई दिने सम्मेलन तथा प्रदर्शनी हुन लागिएको हो ।
करिब ३० लखको लागत लागिने भनेको सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका महिला उद्यमी प्रतिनिधी ७८ जना, प्रदेश समिति तथा स्थानीय महिला उद्यमी ३२ जना र आमन्त्रित उद्यमीहरु २० जनाको उपस्थिति रहने जनाइएको छ । साथै, प्रदर्शनीमा जिल्लाबाट ३९ जना प्रदेश समितिका ६ जना र आमन्त्रित उद्यमीहरु ५ जनाको उपस्थिति रहने छ ।
पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेशको कार्यकारी निर्देशक शम्भु प्रसाद नेपाललगायत नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका कार्यबाहक अध्यक्ष तारानाथ चौलागाईं, मकवानपुर जिल्ला अध्यक्ष गणेशहरी उप्रेतीको उपस्थिति रहेको थियो ।