प्रेस चौतारी नेपाल मकवानपुर शाखाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्न नेकपा (एमाले) सचिव योगेश भट्टराई हेटौंडा आउने भएका छन् ।
एमाले सचिव भट्टराईले यहि माघ १९ गते शनिबार हेटौंडामा हुनगइरहेको प्रेस चौतारी मकवानपुरको नवौं अधिवेशनलाई सम्बोधन गर्नेछन् ।
बिहीबार बसेको प्रेस चौतारी मकवानपुरको बैठकले अधिवेशन सम्पन्न गर्नको लागि विभिन्न विभागहरु तोकी सदस्यहरुलाई जिम्मेवार दिइएको अध्यक्ष बालकृष्ण अधिकारीले जानकारी गराए । साथै, अधिवेशनबाट प्रेस चौतारी मकवानपुरको नयाँ कार्यसमिति समेत चयन गरिने अधिकारीले बताए ।
अधिवेशन गैरसरकारी संस्था महासंघ मकवानपुरको सभाहलमा हुनेछ । कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, सचिव विष्णु तारुकेलगायत पार्टीका जिल्ला नेताहरुकोसमेत उपस्थिति रहने सहसचिव रविन ढुंगानाले बताए ।