नेपाल तामाङ विद्यार्थी घेदुङ मकवानपुरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
तामाङ समुदायको विशेष पर्व तथा नयाँ वर्ष मञ्जुश्री संवत् २८६१ (डुक ल्हो) सोनाम ल्होछारको अवसरमा माघ २० गते प्रतियोगिता हुने भएको हो।
प्रतियोगितामा ‘तामाङ इतिहास र सोनाम ल्होछार’ बिषयमा वक्तृत्वकला प्रतिस्पर्धा हुने जिल्ला कार्यसमिति अध्यक्ष छोइसाङ लामा स्याङ्तानले जानकारी दिए । उनका अनुसार प्रथम पुरस्कारमा प्रमाण पत्र र मेडलसहित नगद पाँच हजार, द्वितीय पुरस्कार मेडलसहित नगद तीन हजार र तृतीय पुरस्कारमा प्रमाण पत्र र मेडलसहित नगद दुई अहजार रहेको छ ।
हेटौंडा क्याम्पसको सभाहलमा हुने प्रतियोगितामा तामाङ समुदायसँगै अन्य विद्यार्थीहरुसमेत सहाभागी हुन पाउने अध्यक्ष छोइसाङको भनाई छ । विद्यार्थीले अनलाईन मार्फत आवेदन दिन सकिने उनले बताए ।