हेटौंडा/ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा मातहतका प्रदेशस्तरीय कार्यालयहरूको आ.व. २०७८/०७९ को बार्षिक समीक्षा बैठक सम्पन्न गरिएको छ ।
सोमबार स्वास्थ्यमन्त्री निमा लामाको प्रमुख आतिथ्यता एवम् मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ, मन्त्रालयका महाशाखा प्रमुख दिपक तिवारी, नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुवन पौडेल, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्की, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. अर्जुन सापकोटा, स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्ले लगायतले प्रस्तुतिकरण गरेका थिए ।
त्यस्तै, सोमबार नै प्रदेशस्तरीय समस्या समाधान समितिको बैठक समेत बसेको थियो ।