हेटौंडा | बागमती प्रदेशमा तामाङ र नेपाल भाषालाई कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।
बागमती प्रदेश सरकारद्वारा उक्त भाषाहरुलाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरिएको हो ।
बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार यसका लागि सरकारद्वारा गरिनुपर्ने हरेक तयारी र प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।
त्यसैगरी प्रदेश औद्योगिक व्यवसाय नियमावली २०७९ स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९ जारी गर्ने र हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालको रुपमा स्थापना गर्ने निर्णय भएको मन्त्री खनालले जानकारी गराए ।