मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३ मन्त्रीले सरकारबाट सामूहिक राजीनामा दिएका छन् ।
शनिबार साँझ मुख्यमन्त्री शालिकराम जम्मकटेललाई राप्रपा ३ जना मन्त्रीले राजीनामा बुझाएका हुन् ।
राप्रपाबाट राजिनामा दिनेमा बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री उद्वव थापा, वन तथा वातावरण मन्त्री राजु बिष्ट र उद्योग, पर्यटन तथा सहकारीमन्त्री डम्बर तामाङ रहेका छन् ।
माओवादीले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने गरी नयाँ गठबन्धन बनाएपछि राप्रपा सरकारबाट बाहिरिएको हो ।
राजीनामा दिनु अघि शनिबारको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै राप्रपा संसदीय दलका नेता थापाले प्रदेशसभा बैठकमा सरकारबाट बिहिरिने घोषणा गरेका थिए ।
बागमती प्रदेश सभामा राप्रपाका १३ सांसद छन् ।