हेटौंडा | नेकपा एमालेको संघीय संसदीय दलको सचेतकमा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलालाई चयन भएका छन् ।
बर्तौलालाई एमालका पार्टी अध्यक्ष तथा संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले फागुन २५ गतेबाट लागू हुनेगरि संसदीय दलको सचेतकमा नियुक्ति गरेका हुन् ।
फागुन २५ गते आफू सचेतकमा नियुक्त भएपनी संसदीय दलले गरेको निर्णयको पत्र भने आइतबार मात्र हात परेको बर्तौलाले बताए ।
सचेतकमा नियुक्त भएका बर्तौला विद्यार्थी राजनीतिबाट उदाएका नेताका रुपमा परिचित छन् । साथै उनी एमाले बागमती प्रदेशको उपसचिवसमेत हुन् ।