नेपाली कांग्रेस बागमती प्रदेशकाले हालै निर्वाचित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिएका छन् ।
आईतबार कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँसहितको टोलीले राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिएका हुन् ।
शुभकामना दिदैं नेता बानियाँले प्रजातन्त्र प्राप्तिको लागि निरन्तर संघर्ष र संघीय लोकतान्त्रिक गणतन्त्रको लागि अहँम भूमिका खेलेका सम्मानीय राष्ट्रपतिले आमजनताको जनभावना अनुरुप कार्य गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत उच्चस्थान हाँसिल गर्नुहुनेमा आम नेपाली जनता बिश्वस्त रहेको बताए।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भएपश्चातका कार्यक्रमहरुमा पौडेलले निर्वाचित हुनु अगावै गरेका केही प्रतिबद्धता पूरा गरी जनताको मन जित्न सुरु गरेको बताउँदै नेता बानियाँले यो पाँचवर्षे कार्यकालमा गरिमामय राष्ट्रपति पदको भूमिका अब्बलरुपमा निर्वाह गर्नुहुनेमा आफु पूर्ण विश्वास्त रहेको बताए ।
कांग्रेसका वरिष्ठ नेता पौडेल फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपालको तेस्रो राष्ट्रपतिकोरुपमा निर्वाचित भएका थिए।