नेकपा एमालेको केन्द्रीय सदस्यमा महेश बर्तौला मनोनित भएका छन् ।
बिहीबार काठमाडौंमा बसेको एमाले सचिवालय बैठकले बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रहेका बर्तौला सत्तापक्षको मुख्य सचेतकसमेत हुन् ।
केन्द्रीय सदस्य बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर जिम्मेवारी सम्हालेका थिए ।
त्यसैगरी सचिवालय बैठकले सुवासचन्द्र नेम्वाङको निधन पश्चात् रिक्त रहेको एमाले उपाध्यक्ष पदमा पार्टीका स्थायी कमिटी सदस्य गुरु बराललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बरालले एमाले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए ।